चेन्नई, पुस १५,
सरकारी प्रशुती अस्पताल इग्मोरका अधिकारीहरुलाई जन्मिएका दुई बालबालिकाको डिएनए परीक्षण गर्न निर्देशन दिइएको छ।
जन्मिएका एक बालक र एक बालिकालाई साटफेर गरेको आरोप लागेपछि डिएनए परीक्षणका लागि निर्देशन दिइएको हो।
अस्पतालका नर्सहरुले बच्चा साटेको आरोप लागेको छ।
मुनिरथन्म गोथ्मी र अनवरसन अरुणाले दुबैले आफूले छोरो पाएको दावी गरे। दुबैको बिहीबार ४ बजे शल्यक्रिया गरी बच्चा निकालिएको थियो। सुरुमा नर्सले दुबैको छोरा जन्मिएको सुनाएकी थिइन्।
पछि हेर्दा एउटा छोरा र अर्कोले छोरी जन्माएको देखियो। त्यसपछि दुबैका परिवारले छोरो आफ्नो भएको बताउँदै बच्चा साटेको आरोप लगाउन थालेपछि विवाद उत्पन्न भएको हो।एजेन्सी;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै