पुष १२,
नायिका प्रियंका कार्कीको बजार अहिले उत्कर्षमा छ। अमेरिकाबाट र्फकनेबित्तिकै नेपाली चलचित्र उद्योगमा व्यस्त यी पूर्व मिस टिन नेपाललाई करोड मूल्यकी नायिकासमेत भनिन्छ।
अरू नयाँ नायिकाहरू एकपछि अर्को गरी हराउँदै गएका बेला प्रियंका भने एउटै चलचित्र प्रदर्शनमा नआउँदै भकाभक काम पाइरहेकी छन्। पछिल्लो समयमा उनी यौनकर्मी महिलाको भूमिकामा अभिनय गर्ने भएपछि गसिप बजारमा चर्चित भएकी छिन्।
युवा निर्देशक दीपेन्द्र के. खनालको चलचित्र झोलेमा उनी वेश्याको भूमिकामा अनुबन्धित भएकी हुन्।
त्यसैका लागि अहिले उनी अभिनय सिक्न डान्स बार धाउने तथा केही यौनकर्मीहरूसँग संगतमा व्यस्त छिन्। प्रियंकालाई अहिले ठमेलतिर यौनकर्मीको जीवनशैली तथा हाउभाउ सिक्न मग्न अवस्थामा फेला पार्न सकिन्छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै