गज़ल : By, कोमल भट्ट



किन यिनलाई पत्याउनु देश डुब्ने भैगो
कति हाम्लाई अत्याउनु देश डुब्ने भैगो

खप्नु सम्म खपी सक्यौँ,सधैँ झुक्याएर
कहिले सम्मन् रत्याउनु देश डुब्ने भैगो

सके देखि कठालोमा समाएर झ्वाम्म
सिस्नु पानी खत्याउनु देश डुब्ने भैगो

कुरा गर्ने आफ्नो दुनो सोझ्याउन मात्रै
सबले पर्छ लत्याउनु देश डुब्ने भैगो

जनतालाई फकाएर चिप्लो घस्नेलाई
अब किन मत्याउनु देश डुब्ने भैगो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com