- इज़रयल पुष १०,
यहि डिसेम्बर २१/२२ का दिन इजरायल को उत्तरी भाग खोप आख्जिव रिसोर्ट मा हेल्पिंग हेण्डस इन इजरायल द्वारा आयोजना गरिएको पिकनिक (बनभोज) कार्याक्रम सफलताका साथ् सम्पन्न भयो .
यसै रमाइलो संगै पिकनिकको दौरानमा संस्थाले खर्च कटाएर ३५०८ सेकेल बचत गरेको छ , यसैगरि पिकनिक कै दौरानमा संस्थाका सदस्य द्वारा मासिक ३० सेकेल तिर्ने र,,, दिनको १ सेकेल दान (महिनाको ३० सेकेल ) दिएर संस्था को नयाँ सदस्य बन्ने र संस्थालाई सहयोग स्वोरुप ३० सेकेल दान गर्नु हुने सहयोगी मनहरु बाट हामीले १२०० सेकेल संकलन गरेको थियो .सदस्यता बापत उठेको रकम मासिक खातामा दाखिला गरिने छ .
स्मरण रहोस यसरी संकलन गरेको एक एक अगोरोत सस्थाले दुखि पिडितहरुको सहयोग स्वरूप पठाई रहेकोछ .
यस पिकनिकको दौरानमा दिनको १ सेकेल दान (महिनाको ३० सेकेल ) दिएर हाम्रो सस्थाको सदस्य बन्नु हुने सम्पूर्ण नयाँ सदस्यहरुलाई हे. हे. इन इजरायलमा हार्दिक स्वागत छ , साथै सस्थालाई सहयोग सोरुप ३० सेकेल दान गर्नुहुने सम्पूर्ण सहयोगी मनहरु प्रति हामी हार्दिक हार्दिक आभार व्यक्त्त गर्दछौ.
हाम्रो कार्यक्रमलाई सफल पार्न प्रतक्षय अप्रतक्षय् रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सदस्य हरु र सहयोगी मनहरुलाई हे.हे.इन इजरायल हार्दिक धन्यबाद दिन चाहन्छ, साथै पिकनिकमा सहभागी हुनुहुने सम्पूर्ण सहयोगी मनहरु प्रति हामि हार्दिक आभार व्यक्त गर्दछौ .
यसैगरि कार्यक्रममा सहयोग सोरुप म्युजिक सिस्टम निशुल्क उपलब्ध गराई कार्यक्रम समेत संचालन गरि सहयोग पुर्याउनु हुने श्री सुर्य बस्याल जी र मुख्य रुपमा डिजेको काम गरेर साथ् दिनुहुने श्री बिपिन तामाङ जी लाई विशेष विशेष धन्यवाद दिन चाहन्छौ .
हेल्पिंग हेन्ड्स इन इजरायल परिवार ..
.................Video..............