सिएनएन हिरो पुष्पा बस्नेतलाई अभिनन्दन


काठमाण्डौ पुष १०,

क्षत्री समाज काठमाडौँले पछिल्लो सिएनएन हिरो पुष्पा बस्नेतलाई अभिनन्दन तथा सम्मान गरेको छ। समाजले आज यहाँ दोसल्ला ओढाएर उहाँलाई सम्मान गरेको हो। 

सो अवसरमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले मुलकमा समाजसेवीको खडेरी परेको अहिलेको अवस्थामा बस्नेतले प्राप्त गरेको सफलता सम्पूर्ण नेपालीको गौरवको विषय रहेको बताउनुभयो भने हास्यकलाकार हरिवंश आचार्यले बस्नेतले संरक्षण दिएका बालबालिकाले मुलुकको नेतृत्व सञ्चालन गर्न सकून् भन्ने कामना गर्नुभयो। पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले बस्नेतको आदर्शलाई युवा पुस्ताले अनुकरण गर्नुपर्ने उल्लेख गर्नुभयो। 

सम्मानित बस्नेतले समाजसेवाको काम गर्न कठिन रहेको भए पनि त्यसप्रति प्रतिबद्ध भएर क्रियाशील रहेमा सफलता प्राप्त हुने बताउँदै एक दशकपछि आफ्नो संस्था प्रारम्भिक बालविकास केन्द्र सम्बन्धित बालबालिकालाई हस्तान्तरण गर्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो। क्षत्री समाजका अध्यक्ष कुमारबहादुर थापाले विविध जाति समुदायबीचमा एकता कायम गरी अखण्ड राष्ट्रका रुपमा नेपाललाई राख्न समाज क्रियाशील रहेको बताउनुभयो। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com