गजल By, आरके थापा



परदेशी भयँ आमा,नभयसि धन । ।
कतीछाती पोल्दोहोला,कतीरोला मन । ।

मरुभुमी भयपनि,राम्रै हुन्छ भन्थे,
भुल्न खोज्छु अतित,याद आउछ झन । ।

दिन भरी चर्को घाममा,शंघर्ष गर्दै,
आमा तिम्रै समिपमा,डुलिरन्छ तन । ।

बड्यो होला ॠण माथि,झन ब्याज थपि,
सम्झिदै मनमा आगो,बल्छ दन दन । ।

परदेशी भयँ आमा,नभयसि धन । ।
कतीछाती पोल्दोहोला,कतीरोला मन । ।

आरके थापा 
बोच-दोलखा
हाल=}साउदी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com