पारपाचुके महिलाले मागे विशेष सेवा सुविधा

खजुरा (बाँके), मङ्सिर २६-,

बाँके जिल्लाका मुस्लिम समुदायका तलाकी (पारपाचुके गरेका) महिलाहरु आन्दोलित भएका छन्। सरकारले तलाकी महिलाहरुका लागि विशेष सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका हुन्।

सरकारलाई दबाब दिन उनीहरु स्थानीय निकायअन्तर्गत जिल्लाको परसपुर गाविसलाई विभिन्न सात बुँदे मागसहितको ज्ञापनपत्रसमेत बुझाएका छन्।

 तलाकी महिलालाई अपाङ्ग र एकलसरह भत्ता दिइनुपर्ने, आफ्ना बालबालिकाका लागि छुट्टै उच्च शिक्षाको कोटाको व्यवस्था गर्नुपर्ने, तलाकी महिलालाई सामाजिक तथा आर्थिकरुपले सबल बनाइ क्षमताका आधारमा रोजगारी दिनुपर्नेलगायत विभिन्न सात वटा माग अघि सारेका छन्।

नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रका अनुसार जिल्लामा करिब ३ सय २४ जना तलाकी महिला छन्। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com