कविता : नारी तिम्रो कोख दोषी हैन : By, BJ Rai



नारी तिम्रो कोख दोषी हैन।
कोख दोषी हुनै सक्दैन र
तिमी दोषी हैनौ।
किनकी तिमी आमा हौ। जननी हौ।
शुरुवात हौ।
तसर्थ
तिमीलाई
दोष दिने दुनियाँ दोषी छ।
तिमीले जन्माएको सन्तानले नै
तिमीलाई दोषी देख्छ।
तिमी कहिल्यै दोषी हुनै सक्दैनौ
राम्रो पक्षमात्र हेर्ने दुनियाँलाई
पनि तिमीलेनै जन्माएकी हौ
तिमीले थुप्रै सन्तान जन्माई सकेका छौ
तिम्रो कोखबाट थुप्रै
थुप्रै बुद्व, राम, जिसस, मोहम्मद,
मार्क्स, लेनिन, माओ, गेटे, दाँते, रबिन्द्रनाथ, गान्धी,
शुकरात, सम्पुर्ण छोराछोरी जन्मायौ आमा बनेर
छोराले मात्र दुनियाँ हाक्न नसक्दा
आङसाङ सुकी, बेनेजीर, एलीजाबेथ,
अनी थुप्रै शासक बनेर पनि उभियौ
थुप्रै राजामहाराजाहरु जन्मिए
बिद्वान, लेखक, बैज्ञानिक सबै तिम्रै देन हुन
परापुर्बकालदेखी जन्माउदै जन्माउदै
आएर पनि आजसम्म दोष पिएर बसेकी छौ।
नराम्रोको भडखालमा जकडिएर बसेकी छौ।
आफ्नै छोराहरुको दुख खप्न नसकी
टेरेसा बनेर पनि उभियौ।
फ्लोरेंस नाइटीगल
भएर पनि उभियौ।
अनी निंदमा लुकेका
छोराहरुको लागी पासाङ ल्हामु भएर पनि उभियौ।
गौरवमय सीता माता,
प्रतिष्ठित भृकुटी भएर पनि
तिमीले नारी हुनुको थुप्रै उदाहरण
दि रहेकी छौ।
त्यसैले तिम्रो कोख दोषी हैन
न त तिमी दोषी हौ!
दोषी त त्यो दुनियाँ छ
जसलाई परिबर्तनको चस्मा लाउनु छ।
जसलाई परिबर्तनको चस्मा लाउनु छ।


बिजे बिद्रोही राइ :
भोजपुर हाल इज़रायल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com