गजल : By, आरके थापा



समालेको मनको बाँध,फुटाउन मन लाग्यो ।।
टुक्रियको ति तृष्णालाई,जुटाउन मन लाग्यो ।।
...
निच्च गरी हासेको त्यो,सेतो हिमाल देख्दा खेरी ,
धाँजा परी फाटेको मन,खुटाउन मन लाग्यो ।।

गण्डकी कोशी कर्णाली मेचि,र त्यो माहाकालीको ,
लुटीयको अस्तित्व लाई,लुकाउन मन लाग्यो ।।

औँलो दिदा डुडुल्कोनै,निल्ने रैछन सबै याहाँ ,
छिमेकीभै गास्याँ त्यो नाता,टुटाउन मन लाग्यो ।।

समालेको मनको बाँध,फुटाउन मन लाग्यो ।।
टुक्रियको ति तृष्णालाई,जुटाउन मन लाग्यो ।।

 आरके थापा
दोलखा-बोच

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com