गज़ल : By, Komal Bhatta



सोझासिधा निमुखाको आश टुट्नु हुन्न
थिचिएर निसासिंदै सास टुट्नु हुन्न

संसारमा प्यारो हुन्छ आफ्नो घर वार
अनाथ र अशक्तको बास टुट्नु हुन्न

सानालाई नि हुनै पर्छ बाँच्ने अधिकार
भोका नाङ्गा गरीवको गाँस टुट्नु हुन्न

हेरविचारको खाँचो पर्छ उमेर ढल्के पछि
बुढ्यौलीमा सन्ततिको पास टुट्नु हुन्न

अधर्म र असत्यको बाटो हिड्ने लाई
ठूलो पाप लाग्छ भन्ने त्रास टुट्नु हुन्न

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com