कविता : By, सनम गोले



टुक्रीएको मुटूलिई अब जाऊँ कता ।
धोखादिने निष्ठुरीलाई धाऊँ कता ।

स्वार्थी रहेछ संसारयो स्वार्थमा रम्ने
घायलभै तडपिरहे न्याय पाऊँ कता।

व्यथा बोकी हिंडिरहे चोटै चोटको
निकोनहुने घाउभो मलम लाऊँ कता।

आज याहाँ भोली कता ठेगान हुन्न
परदेशीलाई नसोध्नुरहेछ गाऊँ कता।

भकोपेट अघाउनखोजे मिष्ठान्न देख्दा
पहिलो गाँसमै विषहाल्यौ खाऊँ कता।

सनम गोले दामन मकावनपुर 
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com