दुइ गजल : By, Bina Tamang (Sungabha)


सबै ओर्लन्छन शहर,गाउँ म चढ्ने भएँ
लेख्नेहरुको भिडमा,एक्लो म पढ्ने भएँ

पागल बस्ती पढेँ, मलाई बहुला भने
पागलहरुको संख्यामा म बढ्ने भएँ

सत्य बोल्छु तितो हुन्छ,गुलियो के बोलुँ?
नबोलेरै बरु तिर जस्तै म गढ्ने भएँ
हिसाब किताब नजान्दा अप्ठयारोमा परेँ
सबै जोड्छन जीन्दगी म चाँहि घट्ने भएँ

२,
हजार् चोट सहेपनि स्वाभिमानी छ
मान्छे काले भएपनि स्वाभिमानी छ
मजदुरी गर्छ तर इमान बेच्या छैन
बाध्यातामा परेपनि स्वाभिमानी छ

धेरै भयो गाको उ मलाई छोडेर
टाढा टाढा गएपनि स्वाभिमानी छ

माया गरि एकहुल याद पठाउँछ
भावनामा बहेपनि स्वाभिमानी छ

आवेशमा कहिलेकाँही रिस पनि पोख्छ
आखिर जे जे कहेपनि स्वाभिमानी छ

बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com