गज़ल : By, Komal Bhatta



यति छिटै जिन्दगीका पाटाहरु फेरिएछन
थाहै नपाइ गन्तव्यका बाटाहरु फेरिएछन

हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
स्नेहालु त्यो आँगनीका माटाहरु फेरिएछन

किट पत्थर फुटाएर बनाएको बगैँचालाई
चट्ट पारी सिङ्गारेका साटाहरु फेरिएछन

थोप्ला थोप्ली बटुलेर दिनानुदिन बहाएको
रगत तथा पसिनाका टाटाहरु फेरिएछन

छातिभरी लागेका ती अनगिन्ति चोटहरु
घाउ फेरि बल्झिएर खाटाहरु फेरिएछन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com