पित्तो जत्रो चित्तो बोक्नेहरुको भिड देखें
छुरा बोकी रामराम् घोक्नेहरुको भिड देखें
सिन्का सोत्तर नभाँची ढल्या लोटा न उठाई
आदर्शको गफगाफ् खोक्नेहरुको भिड देखें
चालु उस्तै ठालू आफ्नो स्वार्थ पूरा गर्न
लाठी मुङ्ग्रा गर्दै ठोक्नेहरुको भिड देखें
आफू भन्दा माथि पुग्लान भन्ने डर तिन्लाई
केहि गर्लान भनि रोक्नेहरुको भिड देखें
बिर्सिएर देश जनताको पीर यहाँ
मस्तसंग रम धोक्नेहरुको भिड देखें
राजेश रुम्बा लामा 'अतृप्त'