गज़ल : By, Komal Bhatta



आज भोलि शरमले झुकेको छ शिर
बिनसित्ती चोरी गर्दा लुकेको छ शिर

लुकाएको सत्य-तथ्य सबै सामू आउंदा
ओठ,मुख,तालु समेत् सुकेको छ शिर

के गर्नु र बुद्धि विवेक भ्रष्ट भए पछि
यस्तो लाग्छ संसारले थुकेको छ शिर

बरु आफ्नो क्षमतामा चित्त बुझाएर
बसेको भे हुन्थ्यो होला चुकेको छ शिर

ऐले सम्म जे भएनी हुन्न अब भन्दै
माफी माग्नु पर्ला भनी ढुकेको छ शिर

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com