१,
बाटोभरि फूल फुले तिमीसंग भेट हुदाँ
रङ्गिएर आकाश खुले तिमीसंग भेट हुदाँ
क्याक्टसको खेती हुने मेरो मरुभूमिमा
लहलह सप्ना झुले तिमीसंग भेट हुदाँ
निस्तो श्वास निल्न गाह्रो छट्पटी चल्थ्यो
सुवासिलो बतास हुले तिमीसंग भेट हुदाँ
हाईपोथेसिस त्यागेर नोस्टालिज्म अंगाल्दाँ
सफलताका धुरी चुले तिमीसंग भेट हुदाँ
२,
भत्काएर मेरो स्वर्ग,तिम्रो धर्ती टेक्नु छैन अब
खोपीखोपी तिम्रो दिलमा मेरो नाउँ लेख्नु छैन अब
जून हुँ म आफै उज्याली छु चाहिदैंन तिम्रो प्रकाश
जाउ बरु यहाँबाट कालो रात देख्नु छैन अब
जन्मे एक्लै मर्छु एक्लै संसारको नियम हो यो आखिर
दु:ख दर्द जे पर्छ सहन्छु केहि छेक्नु छैन अब
चिसो मुटु चिसो सम्बन्ध हामी बीच रहेपछि
चिसिएको उस्तै हाम्रो नाता भैगो सेक्नु छैन अब
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं :