"जिन्दगीका हरेक पल, काँडा सरि बनिराछ : By, Manoj Rana



अस्ताउन नि तलाई, सहज छैन अहिले भनिराछ l 
बच्ने आशा थियो तर, जिबन पिडामा गलिराछ 

मुटुको घाउ बल्झिदिन्छ,मनमा आगो जलिराछ l 
आशु पिउन बिबस छु म, साँझ बिहान टलिराछ 

कठै भन्ने कोहि छैन, सून्यताको दियो बलिराछ l 
आफ्ना हरु पराइ भए,बेसहारा जिबन ढलिराछ

अब त जिउदो लास भैसकें, तर धड्कन चलिराछ l 
जिन्दगीका हरेक पल, काँडा सरि बनिराछ l            

 - मनोज रानाभाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com