शिवाको अन्त्यष्टि बर्दियामा

नेपालगञ्ज, २७ मंसिर ,

पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएकी गुलरिया नगरपालिका–८ निवासी १६ वर्षीया किशोरी शिवा हासमीको अन्त्यष्टि गरिएको छ ।

गुलरियास्थित भन्सार रोडमा रहेको कर्वस्थानमा मुस्लिम परम्परा अनुसार उनको आज अन्त्यष्टि गरिएको हो ।

उपचारका क्रममा बुधबार बिहान काठमाडौंस्थित बीर अस्पतालमा उनको निधन भएको थियो । हासमी परिवारलाई क्रियाखर्चका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया र महिला सञ्जालले तीस हजार रकम दिएका छन् ।

छिमेकमा डेरा गरी बस्ने भारतीय नागरिक बाबु खानले शुक्रवार बिहान हास्मीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । प्रहरीले शिवालाई आगो लगाएको अभियोगमा बाबु खानलाई पक्राउ गरीसकेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com