चर्चा डरलाग्दो गेट-अपको

मङ्सिर २०,

चलचित्र 'ब्याच नम्बर १६' मा खतरनाक खलपात्र भै देखा परेका रंगमञ्चका कलाकार अर्पण थापाले आफ्नो लागि आफैं कथा लेखेका छन्।

चलचित्र 'धन्दा' को कथा र पटकथा आफैंले तयार पारेपछि उनलाई बाबुराम दाहाल र सुदर्शन थापाले सघाएका छन्। बाबुराम दाहालले  चलचित्रमा लगानी गरेका छन् भने सुदर्शन थापाले निर्देशन गरेका छन्। चलचित्र तयार भैसकेको छ।

केही साताअघि चलचित्रको प्रोमोसनल  भिडियो युट्युब र फेसबुकबाट सार्वजनिक भएपछि उक्त चलचित्रका मुख्य पात्रको भूमिकामा रहेका अर्पणको डरलाग्दो गेटअपको चर्चा   अहिले सर्वत्र भैरहेको छ।

अनुहारमा तीन/चार ठाउँमा टाँका लगाइएको खत, एउटा आँखा बन्द र अर्को खुला, चुस्स दाह्री, छोटो केशमा अर्पण वास्तवमै डरलाग्दो देखिएका छन्। चलचित्रमा अर्पण बदला लिने 'नेगेटिभ हिरो'को भूमिकामा रहेको बताइन्छ।

उक्त भूमिकाका लागि मे कअप आर्टिस्ट निमा लामाले छायांकन अवधिमा घन्टौं लगाएर अर्पणलाई उक्त गेटअपमा ढाल्थे। चलचित्रको उक्त चरित्रका लागि अर्पणले  मध्यान्तरभन्दा अघि र पछि वास्तवमै मोटाउने र एक महिना छायांकन रोकेर दुब्लाउने काम पनि गरेका थिए।साप्ताहिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com