गजल : By, आरके थापा


भकारिमा भाको धानलाई,माना पाथी भर्ने भैयो । ।
यौटै घरका दाजु भाईमा,लुछा चुडी गर्ने भैयो । ।

ठुल्दाजु र माईला दाईले,कुर्ची मात्र तान्ने हुँदा,
सोझा साझा भाई भातिजनै,मात्र याहाँ मर्ने भैयो । ।

चक्का जाम मात्र होईन,आन्दोलनमै मरे पनि,
रती भर नि भाउ घट्दैन,महंगिमै पर्ने भैयो । ।

पल्ला गाउँका ति वैरिले,हाम्रै पर्खाल भात्काउदा,
रोक्ने छेक्ने कुरै छोडम,उनकै अघी हर्ने भैयो । ।

हात समाउने भन्दा पनि,खुट्टा तान्ने बढी हुँदा,
कता सिँडी चड्नु हजुर,झनै तल झर्ने भैयो । ।

भकारिमा भाको धानलाई,माना पाथी भर्ने भैयो । ।
यौटै घरका दाजु भाईमा,लुछा चुडी गर्ने भैयो । ।

आरके थापा बोच-दोलखा
हाल=साउदी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com