गजल : By, Calpana Rai



यौटा वारि अर्को पारि,कल्पिएको,देख्न नपरोस l
कै'ले कोहि मज्धारमा,अल्झिएको,देख्न नपरोस ll

खुशी मानि बाँचौ सबै पिर बाट धेरै टाढा रही,
मिठो स्वप्न बुन्ने आँखा छल्किएको देख्न नपरोस ll

गए जाला ज्यानै बरु जिन्दगीको बाटो खन्दा-खन्दै,
कर्तव्यमा मुख छोपी पन्छिएको देख्न नपरोस ll

बाँचे सम्म खाने भात मारी लानु के पो छ र याहाँ?
निर्धो हेप्दै पुँजीवादी जंगिएको देख्न नपरोस ll

माया दिई माया लिनु जात धर्म यौटै मानिसको,
बिवास्तामा कोहि चेली अन्मिएको देख्न नपरोस ल

कल्पना राई
दोलखा नेपाल
हाल-दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com