1,
जीन्दगीको हरेक यात्रा तिमी संगै गर्न पाएँ
तिम्रै निम्ति फुलें अनि तिम्रै निम्ति झर्न पाएँ
तिमी थियौ शून्यतामा पूर्णताको खोजी गर्दै
आफूलाई रित्याएर माया मेरो भर्न पाएँ
फूल थिएँ बगैँचाको उडि जान सकिन म
भमरा बनि तिमी आयौ बास्ना मेरो छर्न पाएँ
किनारामा एक्लै थिएँ यात्रा थियो अवरुद्द
माझी तिमी भेटेपछि जीन्दगी यो तर्न पाएँ
सयौं जन्म तिमीसंगै बिताउने मन्को इच्छा
मन्को इच्छा पुर्याउन तिम्रो सामू मर्न पाएँ
2,
बलियो त्यो मुटु पारी खोली तर कान्छा
ठानिसकें म पिपल तिमी वर कान्छा
मिल्छ हाम्रो जोडी साँच्चै आउ संगै बाँचौ
म चैं हुन्छु नजिक तिमी किन पर कान्छा?
दु:ख सुख जे जे पर्ला यौटा घर बनाऔं
उभागों त्यो घर छाउने तिमी खर कान्छा
भुल्नु हुन्न प्रकृतिको अनुपम देन
सृष्टीको सुन्दर म नारी तिमी नर कान्छा
बराबरी हाम्रो माया हुनुपर्छ सुन
जस्तो माया मैले गरें उस्तै गर कान्छा
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं