गायिका रेश्मा सुनुवार र गायक अभिनाश घिसिङ अहिले बेलायतमा रमाइरहेका छन्। बेलायत भ्रमणकै क्रममा उनीहरू आयरल्यान्डको राजधानी डब्लिनसम्म पुग्न भ्याए।
सांगीतिक कार्यक्रमकै क्रममासँग-सँगै उठबस गरेका रेश्मा र अभिनाशको सम्बन्धलाई धेरैले शंकाको दृष्टिकोणले हेरे। होटलमा समेत सँगै बसेपछि उनीहरूको सम्बन्धलाई शंकाको दृष्टिले हेर्नेहरूको मनोबल बढ्यो।
आफ्नो सम्बन्धमा मानिसह रूले नराम्रो नजर लगाएपछि उनीहरूले त्यसलाई स्पष्टीकरण दिन अनिवार्य माने। उपाय पनि सजिलो निकाले, तिहारको भाइटिका ! 'तिहारको भाइटीका मैले अभिनाशलाई नै लगाइदिएँ, साप्ताहिकसँग कुराकानी गर्दै रेश्माले भनिन् .
'सांगीतिक क्षेत्रमा जोडीका रूपमा थुप्रै देश पुगिसकेकाले हामीबीचको सम्बन्धमाथि प्रश्नचिहृन खडा भएको थियो। त्यही प्रश्नको जवाफ दिन मैले अविनाशलाई दाजु मानेर भाइटीका लगाइदिएकी हुँ।' रेश्माका अनुसार उनी दाजुभाइ बिहीन भएकाले पनि अविनाशसँग दाजु-बहिनीको सम्बन्ध गाँसिएको हो।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै