कमला खत्री मिस हेटौंडा-२०१२
मिस हेटौंडा-२०१२ को उपाधि कमला खत्रीले हात पारेकी छन्। हेटौंडामा भएको प्रतिस्पर्धामा खत्रीलाई मिस हेटौंडाको मुकुट पहिरिने अवसर प्राप्त भएको हो।
गत शनिबार १७ जना युवतीबीच भएको अन्तिम प्रतिस्पर्धाबाट सुधा शाही ठकुरी फस्ट रनर्सअप र सुनिता पौडेल सेकेन्ड रनर्सअप भएकी छन्। 'जीवनको महत्वपूर्ण चिज कुन हो, शिक्षा, स्वास्थ्य वा सम्पत्ति ?' भन्ने निर्णायकको प्रश्नमा खत्रीले सबैको महत्त्व बराबर रहेको उत्तर दिई मिस हेटौंडाको उपाधि प्राप्त गरेकी थिइन्।
बालछहारी नेपाल र मकवानपुर पर्यटन बोर्डको आयोजनामा उक्त कार्यक्रम भएको हो। एवार्ड प्राप्त गर्ने खत्रीले १ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेकी छन्। मिस हेटौंडाको मुकुट विजेतालाई एक वर्ष सम्म पर्यटन सद्भावना दूतका रूपमा चयन गरिएको बोर्डले जनाएको छ।साप्ताहिक;