कोहलपुरमा रासलिला महोत्सव आजबाट विधिवत रुपमा सञ्चालन

बाँके मङ्सिर २७,

कोहलपुरमा हिजोबाट सुरु भएको धनधान्याञ्चल रासलिला एव्म सत्संग महोत्सव आजबाट विधिवत रुपमा रासलिला सुरु हुदैछ । हिजो उद्घाटन र कलशयात्रा भएपनि आजबाट मण्डव पुजा, कथा प्रवचन र रासलीला सुुरु हुने आयोजकले जनाएको छ ।

महोत्सव अन्तगर्त प्रत्येक दिन बिहान ८ बजेदेखि मण्डव पुजा, १० बजेदेखि कथा प्रवचन र मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म रासलीला सुरु हुने यज्ञ संयोजक हरिप्रसाद उपाध्यायले बताउनुभयो । रासलीला महोत्सव राधाकृष्ण मन्दिर निर्माण समिति कोहलपुरको आयोजनामा श्री रामजानकी मन्दिर भागवत आश्रय चप्परगौडीमा सञ्चालन भईरहेको छ ।

रासलीला महोत्सव तथा सत्संग महामहोत्सव पुष ४ गतेसम्म सञ्चालन हुने छ । रासलीलामा श्रीधाम वृन्दावन भारतका पुरुषोत्तम उपाध्याय र फतेराम शर्माले प्रवचन गर्नुहुने छ ।

सासलीलामा संकलन भएको रकम राधाकृष्णा मन्दिरमा १४ कोठे धर्मशाला र वृद्धाआश्रम निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । रासलीला बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेखलगायत भारतबाट समेत भक्तालुजनहरुको सहभागीता रहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com