गज़ल : By, Komal Bhatta



कि त तिम्ले प्रतिभा नै लुटेको भे हुन्थ्यो
नत्र तिम्रो खराव आदत छुटेको भे हुन्थ्यो

निन्दनीय कार्य गर्छौ लुकी छिपी सधैं
समीपमै आई बरु कुटेको भे हुन्थ्यो

सत्यताको आँखा भरी छारो हाल्नलाई
कठालोमा समाएर चुटेको भे हुन्थ्यो

देख्दा राम्रो अनुहार कपट भित्री मनमा
जालीसङ्ग सबको नाता टुटेको भे हुन्थ्यो

भित्तो भित्तो चाहारेर चोट दिनु भन्दा
घरमै बसी थाङ्ना भोटा खुटेको भे हुन्थ्यो

तिरस्कृत हुने कर्म आजै देखि त्याग्दै
आफैँ कोशिश गर्छु भन्दै जुटेको भे हुन्थ्यो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com