बागलुङ मङ्सिर २७,
गएरातिदेखि परेको अविरल हिमपातका कारण वागलुङ जिल्लाको पश्चिम बोबाङ गाविसको ढोरपाटनमा रहेको ज्योति विकास निमाविमा जारि अर्ध वार्षिक परीक्षा प्रभावित भएको छ ।
हिमपातपछि विद्यालय आसपासमा रहेका बालबालिकाहरु विद्यालयमा जान समस्या भएकाले स्थानीय अभिभावकहरुको प्रयासमा बाटो सफा गरी परीक्षामा पु¥याउन बाध्य भएका छन् ।
विद्यालयका तीन सय पच्चिस परीक्षर्थीको परीक्षालाई नियमितता दिने कोसिस गरिए पनि चिसोका कारण परीक्षा सहज हुन नसकेको विद्यालय वयवस्थापन समितिका अध्यक्ष दिपक थापाले बताउनुभयो ।
यसरी परीक्षालाई नियमितता दिने प्रयन्त गरिए तापनि विद्यार्थीले दाउराबाट आगो बालेर ताप्दै परीक्षा दिंदै गरिरहेको अध्यक्ष थापाले बताउनुभयो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै