विराटनगर, मंसिर २५ ,
तीन जिल्लाका १६ प्रत्याशीलाई पछि पार्दै मिस राजवंशी २०१२ को ताज झापाको पाँचगाछीकी रेबिका राजवंशीले पहिरेकी छन् ।
सोसियल अर्गनाइजेसन अफ राजवंशी नामक संस्थाको आयोजनामा शनिबार यहाँको वीरेन्द्र सभागृहमा भएको प्रतियोगितामा मोरङको अमरदहकी सपना राजवंशी र दादरवैरियाकी उषा राजवंशी फस्र्ट र सेकेन्ड रनरअप भए ।
उपाधि विजेता रेबिकालाई गतवर्षकी सुन्दरी राधिका राजवंशीले आफ्नो ताज फुकालेर लगाइदिइन् । १९ वर्षीया रेबिका झापास्थित शिवगन्ज बहुमुखी क्याम्पसकी बीबीएस दोस्रो वर्षकी छात्रा हुन् ।
उनले ताज, प्रमाणपत्रसहित नगद २५ हजार पाएकी छन् भने फस्र्ट र सेकेन्ड रनरअपले क्रमशः १५ र १० हजार रुपैयाँसहित पुरस्कार पाएका छन् ।इकान्तिपुर;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै