कुटेरै पत्नीको हत्या

काठमाण्डौ मङ्सिर २४,

कुटपिट गरी आफ्नै पत्नीको हत्या गर्ने धादिङका कान्छा परियारलाई आज प्रहरीले काठमाडौँको डल्लुबाट पक्राउ गरेको छ ।

अभियुक्त ३५ वर्षीय कान्छाले मादकपदार्थ सेवन गरी सामान्य वादविवादका क्रममा हिजो आफ्नै २६ वर्षीया पत्नी निरु परियारलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा निजको वीर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको थियो । कान्छामाथि कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com