मङ्सिर २८,
महोत्तरीको जलेश्वर–१ मा आफ्नै छिमेकीको तीन वर्षीया एक बालिकालाई बलात्कार गरी हिजो साँझ भागेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर–१ बस्ने २६ वर्षिय गोरे भन्ने राजकिशोर यादव रहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र पीडित परिवारका अनुसार जलेश्वर–१ मै बस्ने बालिकालाई खेलाउन भनी निजको घरको छेउमा लगी बलात्कार गरेको र बालिका रोएपछि निजको आमा त्यहाँ पुगेपछि गोरे भागेका थिए ।
घटना घटेलगत्तै जिल्लाबाट गएको प्रहरी टोलीले गोरेलाई समात्न खोज्दा उनी भागेका थिए । तर नगरपालिका प्रहरीपोस्टको सहयोगमा जलेश्वर–१ बाटै गोरेलाई प्रहरीले आज पक्राउ गरेको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै