मङ्सिर २७,
विवाह गर्न नमानेको निहु“मा पेट्रोल छर्केर जलाइएकी बर्दियाकी शिवा हसामीको आज उपचारको क्रममा मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका– ८ की १६ वर्षीया शिवाको आज बिहान राजधानीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आफूस“ग विवाह गर्न नमानेको निहुमा शिवालाई भारतीय युवक बाबु खानले पेट्रोल छर्केर आगो लगाएका थिए ।
आगोका करण शिवाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि शिवालाई थप उपचारका तीन दिनअघि काठमाडौ“ ल्याइएको थियो ।
शिवाको शव अन्त्येष्टिका लागि गृह जिल्ला बर्दिया लैजाने तयारी भइरहेको पारिवारीक स्रोतले जनाएको छ । गएको मङ्सिर २२ गते शिवालाई पेट्रोल छर्केर आगो लगाइएको हो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै