नेपाली चलचित्र क्षेत्रमा उदय समुनाको

पुष ७,

नेपाली चलचित्र क्षेत्रमा एउटी नयाँ नायिकाको उदय भएको छ- समुना केसीका रूपमा। पाटनमा जन्मिएकी समुनाले पुस १३ गते प्रदर्शनमा आउने चलचित्र 'धन्दा' मार्फत डेब्यु गर्न लागेकी हुन्। 

भारतको एमएस युनिभर्सिटीबाट अभिनयमै स्नातक गरेपछि समुनाले करिब सात वर्ष थिएटरमा काम गरिन्। दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरेकी समुनालाई 'धन्दा' का नायक अर्पण थापाले एउटा नाटकमा अभिनय गरे को देखेपछि चलचित्रका लागि प्रस्ताव राखेका थिए। 

यसअघि नै चलचित्र क्षेत्रमा आउने योजना बनाएकी समुना धन्दामा काम गर्न तयार भएकै बेला 'वधशाला' मा निर्देशक मनोज पण्डितले पनि आफ्नो चलचित्रमा अभिनय गर्ने प्रस्ताव राखे। 

यी दुईवटा चलचित्रको प्रदर्शन मिति तय भैसकेको अवस्थामा म अहिले निकै एक्साइटेड छु, साप्ताहिकसँगको एक भेटमा ५ फिट ४ इन्च अग्ली समुनाले यी दुवै चलचित्रमा पृथक् भूमिका निर्वाह गरेको स्पष्ट पारिन्। 

धन्दामा मैले गृहिणीको भूमिका निर्वाह गरेकी छु भने वधशालामा नेपाली समाजको प्रतिनिधि पात्रको भूमिकामा छु, समुना भन्छिन्— 'यही पुसको दोस्रो सातादेखि छायांकन प्रारम्भ हुने एनबी महर्जनको चलचित्र 'तोरी लाहुरे' मा पनि म आवद्ध भएकी छु।'।साप्ताहिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com