पुष ७,
अमेरिकाको कानुन बनाउनेहरूको एउटा बैठकभित्र अचानक सबै लुगा खोलेकी एक महिला चिच्याउँदै आएपछि सुरक्षाकर्मीहरूलाई स्थिति नियन्त्रणमा लिन कम गाह्रो भएन।
सनफ्रान्सिस्कोस्थित सिटी हलमा लगत्तै एकपछि अर्को गर्दै आधा दर्जन पुरुष र महिला पनि लुगा खोलेर प्रदर्शनमा उत्रिए। उनीहरूको जिउ छोप्न सुरक्षाकर्मीहरू दौडादौड गरिरहेको मौकामा त्यहाँ रहेका दर्शकहरू भने क्यामेरा निकाल्दै उक्त दृश्य खिच्न थाले।
अर्को वर्षको फेब्रुअरी महिनादेखि त्यहाँका अधिकांश सार्वजनिक स्थलमा नग्न हिँड्न नपाउने प्रस्तावित कानुनको विरोधमा उनीहरू त्यसरी उत्रिएका थिए। नयाँ कानुन लागू भए महोत्सव एवं पर्वहरूका साथै समुद्री किनारका निर्धारित स्थानमा मात्र नाङ्गनि पाइने अनुमति प्रदान गरिनेछ।
नियम उल्लङ्घन गरे जरिवाना र धेरै पटक अटेर गरे जेलसमेत हाल्न सकिनेछ। शरीर स्वतन्त्रताको नारा लगाउँदै उनीहरूले यसरी विरोध प्रदर्शन गरे पनि बोर्डले ५ का विरुद्ध ६ मतले उक्त कानुन पास गरेरै छाड्यो।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै