नेपाली दुताबास पेरिसमा धन्यावाद साँझ
पेरिस मङ्सिर २०,
फ्रान्सेली गैर सरकारी संस्था एसिस्टेन्ट मेडिकेल टोइट डु मोन्ड अर्थात् एएमटिएम र फ्रान्सस्थित नेपाली दुताबासले राजधानी पेरिसमा धन्यावाद ज्ञापन कार्यक्रमको आयोजना गरेको छ ।
हिजो बेलुकी आयोजना गरिएको धन्यवाद सन्ध्यामा संस्थाका सहयोगी तथा प्रायोजकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सदस्य तथा परिवारजन लगायत गरी ३ सय २० भन्दा बढिको उपस्थिति थियो ।
ए एम टि एम चिकित्सा क्षेत्रमा संलग्न पेशाकर्मीहरुको एक फ्रान्सेली संस्था हो जसले झण्डै १ हजार जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । यो संस्थाको स्थापना सन् १९९२ मा म्याडम इभेलिन चार्बोनियरले गर्नुभएको हो ।