'शान्ति माया दोङ्को उपचार्थ सहयोगरकम पठाइयो'
दोहा मङ्सिर २०,
राजेश रुम्बा लामा ;- बैदेशिक रोजगारको लागि कुवैत पुग्नुभएकी मकवानपुर,सुकौरा ३ की शान्ती दोङ करिब सात वर्ष अघि अज्ञात दुर्घटनामा परि (कोमा) अचेत अवस्थामा नेपाल फर्किनुभएको थियो र हालसम्म पनि उहाँको अवस्थामा कुनै सुधार भएको छैन ।
उहाँ यतिखेर आफ्नै घरमा जीवनको दोसाँधमा युद्दरत हुनुहुन्छ। धेरै वर्षदेखि युद्दरत उहाँको लागि धेरै नेपाली र केहि विदेशीहरुले समेत आ आफ्नो तर्फबाट सहयोग गर्दै आउनुभएको छ। उहाँको स्वास्थ्य उपचारमा घरका सदस्यहरुले दिलोज्यान दिनुभएता पनि आर्थिक रुपले भने शसक्त हुन सकिरहनुभएको छैन।त्यसैले मन् भएर पनि धन नहुदाँ शान्तीलाई गुमाउनु पर्ने अवस्था भने अझै ज्युँका त्युँ छ ।
यहि अवस्थामा उहाँलाई आफ्नै चेली ठानेर उहाँको यो दुखद परिस्थितिमा केहि मल्हम पट्टी वा केहि राहत होस अथवा उहाँको स्वास्थ्यमा सुधार आओस भन्ने कामना सहित उहाँलाई सहयोग गर्ने हातहरु निकै बढिसकेको अवस्थामा दोहा कतारमा कार्यरत जीरन थुलुङ र राजेश रुम्बा लामाको सकृयतामा केहि नेपाली मनहरुले आफ्ना हातहरु मिलाउनुभएको छ ।
उहाँहरुको पहलमा उठेको रु १८,२,३९ गत मंगलबार मसीर १९ गते बिरामीको बुबा टेक बहादुरको हिमाल बैंकमा रहेकोखाता नं ००६०३१४५४२००१२ मा पठाउनुभएको छ ।स्मरण रहोस उहाँहरुकै पहलमा केहि समय अघि मात्र पनि सोही एकाउन्टमा धरान निवासी हाल इजराइलमा कार्यरत एनजिलीना गुरुङले दस हजार पठाउनु भएको थियो भने सउदीमा कार्यरत जिबीत खड्का मगरको पहलमा सहयोग रकम जम्मा हुने क्रम जारी छ ।
राजेश रुम्बा लामा 'अतृप्त'
दोहा कतार |