काठमाण्डौ मङ्सिर २७,
भाईराम चौलागाई, कुवैत सिटी मंसिर २६,२०१२ बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सदस्य तथा नेपाल मेनपावर ब्याबसाहिक संघका अध्क्षय बल बहादुर तामाङ र नेपालकुवेत म्यानपावर एसोसियसनका पदाधिकारीहरु बीच हिजो कुवैत ,मालिया सिटी स्थीत एशिया-एशिया होटलमा भयको छलफलले खाडी मुलुकमा घरायसी काम गरि फर्केका चेलीहरुको सम्बन्धमा उमेर हकबन्दी हटाउनुपर्ने माग गरेको छ।
नेपाल सरकारकले कम उमेरमा खाडी मुलुक पुगेका महिला कामदारहरुले अन्यको तुलनामा बढी शारिरीक तथा मानसिक यातना पाएको भन्दै गत साउनमा ३० वर्ष नपुगेकी महिलालाई खाडीमा काम गर्न नपठाउने निर्णय गरेको थियो। केहि महिना अगाडी को तथंक्य अनुसार वैदेशिक रोजगारीमा जाने कुल संख्याको ६ प्रतिशत खाडी मुलुकमा महिला कामदारहरु छन् जसमध्ये कुवेतमा ३५हजार, लेवनान ९ हजार छ सय, युएइ ९, कतारमा २, बहराइन १ हजार ८ सय, ओमन १ हजार दुई सय, साउदी अरेवियामा सात सय, मलेसिया ३ हजार छ सय र इजरायल ३ हजार दुई सय संख्यामा नेपाली महिला कामदारहरु छन्।
खाडी मुलुकमा समस्या कम उमेर भन्दा पनि भाषा र अदक्ष कामदार हुन्। नेपाल अरब सग कुरा गर्दै नेपालकुवेत म्यानपावर एसोसियसनका उपाअध्क्षय कल्याण कुमार श्रेष्ठले एकतिर नेपाल सरकार आफै दक्ष कामदार पठाउने भन्दै सीप मुलक तालिम,अभिमुखीकरण तालिम र भाषाको तालिम लिन बाद्य गर्छ अर्को तिर दक्ष कामदार ( खाडी मुलुकमा घरायसी काम गरि फर्केका) हरुलाई नेपाल मै थन्किन बाध्य बनाउछ खाडीमा काम गरी फर्केका महिलाहरुमा भाषाको राम्रो ज्ञान, कामको राम्रो अनुभव र त्यहाँको वाताबरण सग चिरपरिचित हुन्छन यस कारण पनि नेपाल सरकारले खाडी मुलुकमा घरायसी काम गरि फर्केका र फेरी रोजगारीका लागि खाडी मुलुक मै जान इछुक महिलाहरुको सम्बन्धमा उमेर हकबन्दी हटाउनुपर्नेमा जोड दिनुभयो र खाडी मुलुकमा काम गरि फर्केका चेलीहरुको उमेर हकबन्दी हटाउनुपर्ने सम्बन्धमा नेपलिदुताबस कुवैत पनि सकारत्मक रहेको जानकारी प्राप्त भयको छ।
मानब अधिकार शुन्य रहेको खाडी मुलुकमा घरेलु कामदारको रुपमा जानु हुने ३० वर्ष पुगेका महिलाहरुले परिस्थिति अनुसार आफ्नै तरिकाले सामान्य समस्याको त सामना गर्न सक्छन उमेर ठुलो हुदा उनीहरुको अनुभब ले पनि उनिहरु लाई पक्को बनाउछ तर जव सम्म नेपालको कुटनैतिक स्तर बलियो हुँदैन नेपाली माथि बिदेसमा हुने अत्याचारको प्रतिकार कसैले गर्ने सक्दैन। नेपाल सरकारले कानुन बनाउनु भन्दा पनि पहिले नेपालको कुटनैतिक स्तर बलियो बनाउदा धेरै राम्रो हुने थियो।