काठमाण्डौ मङ्सिर २६-,
नक्कली कागजपत्र बनाई महिलाहरुलाई विदेश पठाउने गिरोहलार्इ प्रहारीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ५ जनालार्इ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोबिन्द ट्राभल्स एण्ड टुर्सको सञ्चालक धनुषाका लाल बाबु भन्ने शिव सिंह यादव, मकवानपुरका लक्ष्मी कुँवर, रसुवाका छेजु घले, तनहूँका विनोद घर्ती र पाल्पाका बल बहादुर सार्की (वउडेल) छन् । उनीहरूको साथबाट ३९ राहदानी, २८ थान नागरिकता, अभिमुखिकरण प्रमाणपत्रहरु र २ थान रबर स्टाम्प बरामद भएको सीआईबीले जनाएको छ।
लक्ष्मी, छेजु, विनोद, बलबहादुर लगायतका व्यक्तिहरुले बिभिन्न मानिसहरु सम्पर्कमा ल्याउने र लालबाबुले ट्राभल ब्यवसायको आबरणमा वैदेशिक रोजगारमा मानिस पठाउने गर्दै आएका थिए । उनीहरूले बिशेष गरेर महिलाहरुलाई क्लिनरको नक्कली भिषामा खाडी मुलुकमा पठाउने र विदेशमा भने हाउस मेडको काममा लगाउने गरेको थिए ।
उनीहरूले पछिल्लो पटक सुनसरी, धरान घर भएकी लक्ष्मी तामाङ र झापा, दमक घर भएकी सरस्वती भण्डारीलाई क्लिनरको भिषा भनी झुक्याई वैदेशिक रोजगारीको लागि दुबई पठाएकोमा हाउस मेडको भिषामा घरमा काम गर्न लगाईएका थिए । सम्झौता अनुसारको मासिक तलब पनि नदिई प्रताडित भएका उनीहरू भागेर नेपाली राजदूतावासमा आएपछि उद्धार गरिएको थियो ।
सीआईबीका अनुसार शिवसिंह यादवले २ सय ५० जना भन्दा बढी मानिसहरुलार्इ वैदेशिक रोजगारमा पठाइसकेका छन् । उनीहरूलार्इ आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग तिनकुने पठाईएको छ ।नेपालब्रिटेन;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै