जनकपुरमा आज विवाहपञ्चमी महोत्सव


जनकपुर १ पौष

जनकपुरमा आज विवाहपञ्चमी महोत्सव सुरु हुदै छ । महोत्सवमा आज माता जानकीको मटकोर विधी मनाउन लागेको हो ।

महोत्सवको पाँचौ दिन आज मिथिलानी महिलाहरु जानकी मन्दिरबाट विभिन्न प्रकारका वैवाहिक गीत गाउँदै माटो खन्न ऐतिहासिक गंगासागर पोखरी पुग्ने छन् ।

मटकोर कार्यक्रममा सजाईएको कोदालोले माटो खनेर ११ वटा थाल र एउटा विशेष कलशमा राखिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले बताउनुभयो । मिथिला परम्परा अनुसार सोही माटोले आज मरबा (विशेष मण्डप) बनाईने छ । यस अघि हिजो तिल्कोत्सव र धानवती कार्यक्रम सम्पन्न भएको थियो । सोही धान लाई आज राति भुटिने छ भने धानबाट निस्केको लाबाले भोलि भामरी विधि गरिने छ ।

भोलि स्थानिय बारहविघा रनभूमी मैदानमा स्वंयवर र जानकी मन्दिरमा वैवाहिक विधिहरु गर्दै शुभविवाह र मंसिर २५ गते रामकलेवा अर्थात विदाई समारोह भएपछि विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ । यसैबीच विवाहपञ्चमी मेला भर्न विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुर आउने क्रम शुरु भएको छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com