चितवन १ पौष
चितवनको माडीमा गयराती हात्तीको आक्रमणबाट श्रीमान श्रमती दुवै जनाको मृत्यु भएको छ ।
आक्रमणबाट गर्दी गाविस ९ द्रौपतीनगरका अन्दाजी ६५ वर्षिय वुद्धिराम बोट र
उनकी श्रीमती ६० वर्षिया जुरिया बोटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
चितवनले जनाएको छ ।
घरमा सुतीरहेको अवस्थामा भित्रै पसी हात्तीले उनीहरुलाई ाक्रमण गरेको थियो ।
आक्रमणबाट श्रीमान वुद्धिरामको घटनास्थलमै र श्रीमती जुरियाको उपचारका लागी भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीले घर भत्काउनुका साथै भकारीमा रहेको धान पनि नष्ट
गरिदिएको छ ।
माडीमा हाल सम्म जंगली हात्तीको आक्रमणबाट यो समेत गरी ७
जनाको ज्यान गएको छ ।
पटक पटक हात्तीको आक्रमणबाट त्रसित हुदै आएका
माडीवासी गयरातीको घटनापछि फेरी त्रासमा रहेका छन् ।
यस अघि धु्रवे नामको हात्ततीले सोही क्षेत्रमा आंतक मच्चाउनुका साथै मान्छेको ज्यान लिएको थियो ।
आक्रमण गर्ने धु्रवे नामको हात्तीमा रेडियो कलर झुण्ड्याए पनि सो हात्ती
अहिले सम्म सम्र्पकमा आउन नसकेकाले सोही हात्तीले आक्रमण गरेको हुन सक्ने
अनुमान गरिएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै