अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको दिवस टोकियोमा सम्पन्न

टोकियो मङ्सिर १९,

जापानबासी क्रियाशील महिलाहरुको आयोजनामा अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको दिवस टोकियोमा डिसेम्बर 2 , आईतबारका दिन मनाईयो । संसारभर नै यो दिवस नोबेम्बर २५ मा सुरु भएर १६ दिन सम्म मनाइने गरिन्छ।

अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको दिवस २०१२ -” १६ दिने महिला हिंसा विरुद्दको अभियान सफल पारौ- घरबाट शान्तिको शुरुवात गरी विश्वभर शान्ति कायम राखौं “भन्ने नारासहित टोकियोमा एक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । जापानका लागि नेपली राजदुत डा. मदन कुमार भट्टाराईको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमको सभापतित्व महिला अगुवा यामा शेरचनले गर्नुभएको थियो । प्रमुख अतिथि डा. मदन कुमार भट्टराईले यस दिवसले महिला र पुरुषविच देखिएको बिभिन्न खालका असमानतालाई हटाउनका लागि महिला पुरुषको समान सहभागिताका साथमा एककिृत रुपले अगाडि जानु पर्नेमा जोड दिनु भयो।

उहाँले भन्नुभयो- जति पनि सामाजिक कानुनी व्यबहारिक कुरितिहरु आएका छन् तिनिहरुलाई हटाउनका लागि संयुक्त रुपले अगाडि बढ्नुपर्ने बताउनुभयो । बिषेश अथिति उपनियोग प्रमुख तापस अधिकारीले नेपालको सन्दर्भमा नेपालको पहिलो चुनाव मै महिलाको भोट रहेको स्मरण गर्दै नेपाली महिलाहरुको तुलनात्मक रुपमा पनि नेपाली राजनीतिमा राम्रो प्रतिनिधित्व रहेको बताउनुभयो। यसैगरि अर्का बिषेश अतिथि नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठले महिलाहरुको कानुनी सुरक्षा एवं बिदेशमा महिलाको कानुनी अधिकारको सुरक्षा र नेपालको स्थितिमा महिलाको कानुनी अधिकारको सुरक्षाको अवस्थाको बारेमा बोल्नु भएको थियो ।

यसै गरि एन डि एफ जापानका अध्यक्ष सिर्जना काफ्लेले नोबेम्बर 25 मनाउनुको औचित्यको बारेमा स्पष्ट पार्दै पुरुषसरह अधिकार प्राप्त गरि महिला वर्चश्व कायम गर्नका लागि मात्र नभई महिलाहरुलाई महिलाकै पहिचान दिई हरेक क्षेत्रमा महिला सहभागिता गराईनु यसको औचित्य रहेको स्पष्ट पार्नुभयो ।साथै महिला सहभागिता बिना कुनै पनि क्षेत्रमा विकासको सम्भावना नहुने दावी समेत गर्नुभयो । यसैगरि एन आर एन आइ सी सी महिला प्रतिनिधी-जापान, डा. नम्रता पाण्डेले २१ औ शताब्दिमा आईपुग्दा पनि ,कानुनी सुरक्षा ,सामाजिक सुरक्षाको व्यवस्था हुँदा पनि महिला माथि हुने गरेको बिभिन्न खालका हिंसा यथावत रहनुमा मातृत्वको कदर नभएको बताउनु भयो ।

साथै मातृत्व केन्द्रबिन्दुमा नराखिनु, प्रेम र माधुर्यताको अभाब खट्किनु,ब्यबहारिक रुपमा समाजले बनाएको नियम पुरुष प्रधानता हुनु र महिला / मातृत्वको सहभागिता नहुनु नै हिसांको कारक तत्व रहेको प्रष्ट पार्नु भयो । अन्य अतिथिहरुले आर्थिक सम्पन्नताको लागि महिला सहभागिता र महिला उद्धमिहरुको स्थिति,लैंगिक आधारमा महिला पुरुषको प्रकृतिगत भिन्नता एवं महिला माथि हुने गरेका हिंसात्मक प्रवृतिको कारक तत्व,महिलाहरुको शैक्षिक स्थिति, पत्रकारितामा महिलाहरुको सहभागिता र भूमिका लगायतका बिषयमा बोल्नुभएको थियो ।

बोल्ने बक्ताहरुमा एनआरएन आइ सी सी सदस्य रोशन के सी ,आइ सी सी सदस्य तथा एन आर एन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाग, एनआरएन सामुहिक लगानी टास्क फोर्सका सह- अध्यक्ष महेश श्रेष्ठ, एन आर एन जापानका महासचिब डा. राजेन्द्र पराजुली, नेजससजाका महाधिबेसन प्रतिनिधि सुवास लोहनी,जनजाती महासंघ जापानका महासचिब पासाङ शेर्पा,एन डीएफ जापानका कोषाध्यक्ष जीवन अर्याल, नेपाल जापान डट कमका पत्रकार नारायणी आचार्य, बुद्दिजिबी गणेश नेपाल लगायत रहनुभएको थियो ।

जापानको नेपाली समाजमा रचनात्मक र सिर्जनात्मक काम गर्ने अगुवाई महिलाहरुलाई थप उत्साहित गर्नका लागि एवं नेपाल र नेपालीका लागि विभिन्न क्षेत्रबाट योगदान पुर्याउने जापानिज महिलाहरुलाई प्रमुख अथिति नेपाली राजदुत डा. मदन कुमार भट्टराईले खाता लगाएर सम्मान गर्नु भएको थियो। सम्मानित हुने समाजसेबी महिलाहरुमा पहिलो नेपाली फिल्म कुमारीको ऐतिहासिक नायिका चैते देवी सिह श्रेष्ठ, सिर्जना काफ्ले,डा. नम्रता पाण्डे, सुष्मा ओमाता,अनिता गुरुङ लामा, यामा शेरचन,युको ओकामोतो, नारायणी आचार्य,नेवा: अन्तरास्ट्रिय फोरमको पुर्ब अध्यक्ष ज्ञानु खातो मानन्धर, गंगा डंगोल कुरिहरा,अम्बिका भट्टराई, भगबती उप्रेती, रीसा कुमानो, क्याकुनो मिकीको, हिसानो जुनको, युको ओकामोतो हुनु हुन्थ्यो ।

उक्त कार्यक्रमको स्वागत भाषण महिला अधिकारकर्मी तथा गायिका भगबती उप्रेतीले गर्नु भएको थियो भने कार्यकमको उद्घोषण गंगा डंगोल कुरिहाराले गर्नु भएको थियो। कार्यक्रमको अन्तमा सभापति यामा शेरचनले कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नु हुने सुफल घिमिरे,रजनी शाह, सचिला आचार्य,दिव्या गिरी , रिता के। सी,अनिता गुरुङ ,पवित्रा भट्टराई, बिष्णु बानिया लगायत सबैमा आभार प्रकट गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावलाई धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो । सो कार्यक्रममा जापानवासी पुरुष एवं महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।नेपालब्रिटेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com