बलिउडमा मल्लिका सेरावत र कलिउडमा मल्लिका कार्की

मङ्सिर २४,

सिजन मल्लिकाको छ, बलिउडमा मल्लिका सेरावत र कलिउडमा मल्लिका कार्की। न्युज, गसिपले पनि मल्लिकाहरूलाई छोड्दैन।

जानुकाबाट मल्लिका भएर 'मल्लिका' शीर्षककै एल्बम श्रोतामाझ ल्याएकी यति धेरै मानिसको भीडमा गायिकाले पहिलो खुडि्कलोमै खुबै माया पाइन्। आलोकश्रीको एकल संगीतमा तयार भएको यो एल्बमबाट सफलताको स्वाद चाखेपछि मल्लिकालाई लागेको छ, उनलाई 'एम' फापिलो छ।

 मल्लिका यतिखेर नयाँ एल्बम 'मौसम' सार्वजनिक गर्ने तयारीमा छिन्। एम अफेयरको श्रृंखलाकै रूपमा मौसम नाम रोजिएको मल्लिका बताउँछिन्। मदहोस मादकता छर्न सक्ने खुबी भएकी मल्लिका मोरङमा जन्मिएकी हुन्।

उनको मेलोडियस स्वरको प्रशंसा उदित नारायण झाले समेत गरेका थिए। गायिका मल्लिकाले भनिन्- 'दर्शक-श्रोताले मन पराउने जर्बजस्त गीतहरू मौसममा छन्, यसपटक पनि मैले माया पाउने निश्चित छ।' साप्ताहिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com