आइप्याड मिनी बजारमा


मंसिर २४ ,

भोला महतो ; एप्पलले आइप्याड—२ ठूलोको सट्टा आइप्याड मिनी बजारमा ल्याएको छ। खल्तीमा बोकेर सजिलै जहाँ पनि लान मिल्ने ७ दशमलव ९ इन्च  डिस्प्ले भएको आइप्याड मिनीको स्क्रिन अरू ट्याबलेट भन्दा विशेषतायुक्त र आकर्षक भएको उत्पादक कम्पनी एप्पलले दाबी गरेको छ।

डिस्प्लेमा विविधतायुक्त रंगहरूको संयोजन तथा तेजिलो टेक्स्ट आइप्याड मिनीको विशेषता हो। २ लाख ७५ हजार एप्पलिकेसनसहित विभिन्न  सुविधा उपलब्ध आइप्याड मिनी नोभेम्बर महिनाको पहिलो सातादेखि बजारमा आएको हो। आइप्याड मिनीका बारेमा चलेका वर्षभरिका  विभिन्न हल्ला पन्छाउदै एप्पलले यो ग्याजेटलाई उपभोक्तामाझ पहिलो पटक २३ अक्टुबर, २०१२ मा सार्वजनिक गरेको थियो।

आइप्याड मिनीका सम्पूर्ण फिचर आइप्याड—२ सँग मिल्दाजुल्दा छन्। आइप्याड मिनी गुगलको ७ इन्च स्क्रिन विशेषता भएको 'नेक्सस ७' र  किन्डल फायरको सात इन्च स्क्रिन भएको ट्याबलेट कम्प्युटरसँग बजारमा प्रतिस्पर्धा गर्न ल्याइएको हो। चौथो पुस्ताको मिनी आइप्याड  आइओएस ६.०.१. सिस्टमबाट अपरेट हुन्छ। आइप्याड मिनीमा इन्टरनेट सुविधा वाइफाई, ब्लुटुथ तथा युएसबी तीनवटा माध्यमबाट सञ्चालन  गर्न सकिन्छ।

आइप्याड मिनीलाई चाहिने एप्लिकेसनहरू एप्पलको आइ ट्युनस्टोरबाट डाउनलोड गर्न सकिन्छ। आइप्याड मिनीमा एप्पलका विशेषतायुक्त  सिरी र सफारी जस्ता एप्लिकेसनहरू पहिलेदेखि नै राखिएका छन्। यसमा मेल, फोटो, भिडियो, म्युजिक, आइट्युन, एप्पस्टोर, म्याप, नोट्स,  क्यालेन्डर, गेमसेन्टर, फोटो बुथ, कन्ट्याक्ट्स आदि स्लाइडहरू पनि राखिएका छन्।

आइप्याड मिनीमा सेलुलर मोबाइल फोनको सिम लाग्दैन,  अर्थात् उक्त डिभाइसमा सेलुलर मोबाइल नेटवर्क सुविधा उपलब्ध छैन, तर यूएसबी पोर्ट वा वाइफाई कनेक्सनका माध्यमबाट मोबाइल फोन  सम्पर्क गर्न सकिन्छ। यसैगरी भिओआइपी एप्पलीकेसन प्रोग्राम 'स्काइपी' को सहायताबाट पनि फोन वा भिडियो सम्पर्क गर्न सकिन्छ। यस्तो  फोन सम्पर्कका लागि अनिवार्य रूपमा हेडसेट वा माइक्रो फोन जोड्नुपर्ने हुन्छ।

यो एक प्रकारको मिनी कम्प्युटर डिभाइस पनि हो, जसमा पुस्तक पढ्ने तथा विभिन्न कम्पनीको इन्टरनेट ठेगानाबाट आफ्नो रुचि अनुसारको  बुक डाउनलोड गर्न सकिने 'आई-बुक' एप्लिकेसन नामक विशेष सुविधा प्रदान गरिएको छ। यसैगरी, आवाजलाई अक्षरमा परिणत गर्ने तथा  सेलुलर फोनबाट आएको आवाजलाई रेकर्ड गर्ने तथा उक्त आवाजलाई अक्षरमा परिणत गर्न सक्ने एप्लिकेसनसमेत छ।

आइप्याड मिनीमा आइप्याड—२ को भन्दा राम्रो पिक्सेल डेनसिटी पाउन सकिन्छ, तर रेजुलुसन क्षमता भने बराबर नै छ। आइप्याड-२ मा  स्क्रिन रेजुलसन १०२४ह७६८ छ। आइप्याड मिनीमा पनि त्यति छ। यसमा ५ मेगा पिक्सल र १ दशमलव २ मेगा पिक्सलका दुईवटा क्यामेरा  जडान गरिएका छन्। युएसबी जोडेर चाहिएजति प्रकाश वा फ्ल्यासको व्यवस्था पनि

गर्न सकिन्छ।

आइप्याड मिनीको बाहिरी सुरक्षा कबजलाई भरपर्दो र बलियो मात्र होइन स्मार्ट र आकर्षक बनाइएको छ। स्क्रिन र बाहिरी कभरलाई तीन  तहबाट सुरक्षित गरिएको छ। एप्पलले आइप्याड मिनीका लागि युएसबी किबोर्ड, युएसबी फ्ल्यास, हेडसेट, एप्पल इयरबड्स, लाइटनिङ कने क्टर, एडप्टर आदि अन्य एसेसरिजहरू पनि साथै उपलब्ध गराउने व्यवस्था गरेको छ।

आइप्याड मिनी केही विशेषताः

आइप्याड मिनीः एक प्रकारको ट्याबलेट कम्प्युटर

अपरेटिङ सिस्टमः आइओएस ६.०.१.

चिपः एप्पल ए—५

स्क्रिनः लिड ब्याकलिट, मल्टी टच ७.९ इन्च स्क्रिनका साथै आइपिएस टेक्नोलोजी

ब्याट्रीः लिथुइएम आयोन, एक चार्जमा दस घन्टासम्म चल्ने, इनबिल्ट ब्याट्री

स्टोरेज क्षमताः १६, ३२ र ६४ जिबी फ्ल्यास मेमोरी

क्यामराः अगाडी र पछाडि दुवैपट्ट

िकनेक्टिभिटीः वाइफाइ, सिडिएमए, जिएसएम, २ दशमलव ४ एन्ड ५ गिगाहर्ज, ब्लुटुथ

वजनः ३ सय ८ ग्राम।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com