गज़ल By, Komal Bhatta



दाल पनि गल्नेछैन दैव नलागुन्जेल
कालको बश चल्नेछैन दैव नलागुन्जेल

जीवनमा खुसियाली,सुखसयल बाहेक
दु:खै दु:ख फल्नेछैन दैव नलागुन्जेल

थिचिहाल्ला जस्तोगरी पूरै चर्किएको
थोत्रो घर नि ढल्नेछैन दैव नलागुन्जेल

जहिले पनि वियोगले भतभती पोल्दै
प्यारो मुटु जल्नेछैन दैव नलागुन्जेल

बिपनामा मात्रै होइन सपनामा सम्म
फटाहाले छल्नेछैन दैव नलागुन्जेल

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com