नपोलीयनको चिठ्ठी लीलाम


एजेन्सी, १८ मंसिर ,

फ्रान्सका पूर्व सम्राट नेपोलियन बोनापार्टले लेखेको एउटा चिठ्ठी लीलाम भएको छ । दुई सय वर्ष पुरानो चिठ्ठी एक लाख २२ हजार पाउण्डमा लीलाम भएको हो ।

उक्त चिठ्ठी पेरिसस्थित म्यूजियम अफ लेटर्स एण्ड म्यानुस्क्रिप्टले किनेको हो । दुई सय वर्ष अगाडि आफ्नो फौजले रुसमाथि आक्रमण गरेको समयमा नेपोलियनले उक्त चिठ्ठी लेखेका थिए ।

 सांकेतीक शब्दहरु प्रयोग गरेर लेखिएको उक्त चिठ्ठी नेपोलीयनले आफ्ना विदेश मन्त्रीलाई सन् १८१२ मा लेखेको वीवीसीले उल्लेख गरेको छ ।

रुसको क्रेमलिन भन्ने स्थानमा बम प्रहार गर्ने चिठ्ठीमा रहेको बताइएको छ । १० देखि १५ हजार यूरोसम्ममा बिक्री हुने लीलामकर्ताको अनुमान विपरीत चिठ्ठी ठूलो रकममा लीलाम भएको छ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com