राखिको टेपले मच्चायो तहल्का

पुष ८,

अहिले बलिउडमा विवादास्पद छविकी मोडल तथा अभिनेत्री राखी सावन्तको एउटा सेक्स टेप 'लिक' भएको व्यापक चर्चा छ।

राखीको उक्त सेक्स टेप भनिएको भिडियो 'वयष्क' चलचित्रको दृश्य भएको बताइए पनि सो दृश्य कसले यु-ट्युबमा राख्यो भन्ने विषयमा केही उल्लेख छैन। स्रोतका अनुसार राखी सावन्तले आफ्नो करियरको सुरुवातका दिनमा एक पत्रिकाका लागि टपलेस फोटोसुट गराएकी थिइन्, जसले ब्यापक हल्लिखल्ली मच्चाएको थियो।

राखीले त्यतिबेलै एउटा वयष्क चलचित्रमा काम गर्ने प्रस्ताव स्वीकारसमेत गरेकी थिइन्। उक्त वयष्क चलचित्रको केही अंश इन्टरनेटमा 'लिक' समेत भएको थियो। केही समयपछि उक्त भिडियो यु-ट्युबबाट हटाइएको थियो। तथापि अझै पनि उक्त वयष्क चलचित्रको एउटा भिडियो यु-ट्युबमा भएको स्रोतको दाबी छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com