पक्कै पनि नेपाली समाजमा महिलाहरुको तुलनामा शिक्षित पुरुषहरुको प्रतिशत निकै धेरै छ ।चाहे पुरुषहरु शिक्षित हुन वा अशिक्षित हुन केहि न केहि रोजगारीमा संलग्न छ्न ।आय आर्जनको रुपमा हेर्दा अधिकांश परिवारहरु पुरुषको मात्र आय आर्जनले चलाईयका छ्न भन्दा गलत प्रमाणित हुँदैन । महिलाहरु चाहे घरमै बसेर किन नहोस प्रत्यक्ष अप्रत्यक्ष रुपमा पुरुषहरुका हरेक कदमहरु लाई सहयोग पुर्याइरहेका छ्न जसको कारणले पनि पुरुषहरुमा उच्च मनोवल ,थप हैसला र उर्जा मिलेको छ ।
हाम्रो समाजमा केहि समय अगाडी सम्म छोरीले शिक्षा पाउन कि त निकै भाग्यमानि हुनु पर्यो कि त निकै ठुलो संघर्ष गर्नु पर्यो ।जसको परिणाम अधिकांश महिलाहरु शिक्षाको उज्यालो बाट बन्चित छ्न । आफ्नो अमुल्य जीवन घर भित्र सिमित राख्न मै बाध्य छ्न । ।आफ्नो जीवन भर कुनै पनि आयश्रोतमा संलग्न नभय पनि आफ्ना श्रीमानको कमाइ , सफलता र प्रगतीलाई आफु लगायत सम्पुर्ण परिवारको सफलता ठानी गर्वका साथ अङालेका छ्न । श्रीमानको कमाइलाई आफ्नो कमाइ मानेका छ्न ।दुखमा आशु र सुखमा हासो साटासाट गरेका छ्न ।
कामकाज लगायत अन्य शिलशिलामा घर बाहिर निकै लामो समय रहेका आफ्नो श्रीमान माथी कुनै किसिमको अबिश्वास , चरीत्र माथी शंका , झै झगडा , मनोवल गिराउने अभिब्यक्ती प्रकट नगरी सदैव सकारात्मक सोच राखी सहयोगी भावनाबाट स्वागत गरिरहेका हुन्छ्न जुन कुरा पुरुषहरुको लागी निकै ठुलो सहयोग हो । महिलाहरु बाट मिलेका यस्ता सहयोगले पुरुषहरुलाई आ आफ्नो क्षेत्रमा सकृय रहन महत्वपुर्ण भूमिका खेलेको छ । त्यसैले भनिन्छ हरेक पुरुषको सफलताको पछाडी महिलाको हात रहेको हुन्छ ।
समयको परिवर्तन संगै हाम्रो समाज पनि परिवर्तनको पाइला चाल्ने क्रममा छ । समाज बिस्तारै अशिक्षित बाट शिक्षित बन्दैछ । छोरालाई मात्र होईन छोरीलाई पनि शिक्षा दिक्षा दिनु पर्छ , छोरीलाई पनि घर भित्र मात्रै सिमित गर्नु हुँदैन भन्ने चेतनाको बिकास हुँदैछ । छोरीहरु पनि शिक्षित बन्न थालेका छ्न्, आत्मनिर्भर बनी आफ्नो खुट्टामा उभिने कोसिशमा लागेका छन । तर दुखको कुरा नै भन्नु पर्छ जती पनि महिलाहरु शिक्षित छन ति सबै सामजिक मान्यता , रुढीवादी परम्परा , लैंगिक असमानता र असुरक्षाको कारणले प्रत्यक्ष रुपमा आयआर्जनमा संलग्न छैनन यसो हुनुमा हाम्रो समाजले महिलाहरु माथी कहिल्यै पनि सहयोगी भावना राख्न सकेन ,संघर्षको मैदानमा उत्रीयका लाई प्रोत्साहन दियन , राज्यले कुनै सुरक्षाको राम्रो प्रबन्ध नै मिलायन । जब सामाजिक मान्यता नै संकुचित छ भने परिवारबाट सहयोग मिल्ने कुरै भयन । यिनै कारणहरुले गर्दा शिक्षित महिलाहरु पनि खुम्चीयर बस्नु पर्ने स्थिती बनेको छ ।
पछील्लो समयमा आयर युवा पुस्तालाई शिक्षित भनेर परिभाषित गर्न थालियको छ । हुन पनि अति नै दुर्गम र बिकट ठाउहरु बाहेक युवा पुस्ता शिक्षा आर्जन गर्नमै संलग्न देखिन्छ्न । एकातिर समाज शिक्षित बन्दै छ भने अर्कोतिर यही शिक्षित समाज भित्र पनि लैंगिक असमानता, पुरुषत्व हाबी जस्ता कारणले महिलाहरु प्रभाबित छ्न । संघर्षको यात्रा तय गरी महिलाहरु लाई घर भित्रै राखिनु पर्छ भने पुरातनवादी सोचको ढोका जवर्जस्ती तोड्दै जब एक शिक्षित महिला घर ब्यबहार संहाली रोजगारीमा संलग्न हुन्छिन भने त्यहाँ सबै भन्दा ठुलो सहयोग उनको श्रीमानबाट हुनु पर्दछ ।
बिडम्वनाको कुरा सहयोगको सट्टा श्रीमतीको कमाइमा गर्व गर्नु हुँदैन भन्ने जस्ता अभिब्यक्ती सुनिन्छ । श्रीमानको तुलनामा अलिक बढी सक्रिय महिला छन भने मात्रीसत्तामक परिवार भनि व्यंग्यात्मक झटारो खानाउने गरीन्छ ! अनेकौ संघर्षको बाबजुद आफुलाई सफल बनाउन कार्यरत श्रीमतीको कमाइ र सफलतामा हर्ष न बिस्मात प्रकट गरी मौन बसिन्छ । यस्तो मौनता र अभीब्यतिले कस्तो खालको संदेश फ़ैलाउछ आफै मनन गरौ !! श्रीमतीको कमाइलाई पनि आफ्नै कमाइ ठान्ने चेतनाको बिकास न्युन पाइन्छ चाहे बाहिरी रुपमा सहमती र सहयोग गरेका गफहरु किन नै नगरिउन आत्मै देखी खुशी भइ ग्रहण गरेको देख्न कमै पाइन्छ । जसको कारणले गर्दा पेशागत महिलाहरु आफ्नो पेशा छोड्न बाध्य छ्न भने रोजगारीमा लागेकाहरुको चरीत्र माथी शंका गर्ने गरेको र विभिन्न किसिमका लान्छना लगाई मानसिक तनाव दिने जस्ता ब्यबहारले पनि कामकाजी महिलाहरु निकै पिडित छ्न ।
श्रीमान श्रीमती एक रथका दुइ पाङ्ग्रा मानिन्छ्नन । यदी रथ राम्रो सँग चलोस भन्ने लाग्छ भने दुबै पाङ्ग्राको स्थिती बराबर हुनुपर्छ । बैबाहिक जीवन पनि ठिक यही मान्यता लाई लियर नै कायम रहन्छ । श्रीमान श्रीमती दुबैले दुबैलाई हरेक पक्षमा सहयोग गर्नु पर्छ ।जसरी श्रीमानको कमाइमा श्रीमती सहभागी हुन्छिन त्यसरी नै श्रीमतीको कमाइ लाई पनि आफ्नो सहयोगी हात ठान्नु पर्छ । आत्मसाथ गरी खुशी हुनुपर्छ ,आत्मवल कमजोर बनाइदिने तिर होइन प्रोत्साहन गर्ने तिर लाग्नु पर्छ । महिलाहरुको संलग्नताले समाजमा थप परिवर्तनका बाटाहरु खुल्न मद्दत गर्छ ।समस्त पुरुष वर्गलाई जसरी महिलाहरुले सहयोग गरेका छ्न त्यसरी महिला वर्ग लाई पनि पुरुषहरुको सहयोग खाचो छ । पोथी बासेको सुहाउदैन भन्ने जस्ता पुरातनबादी सोचहरु त्यागौ ।सहयोगी भावना राखी सकारात्मक मनस्थिती बनाइ हरेक महिलाको सफलताको लागी पुरुषको सहयोग पनि अनिवार्य चाहिन्छ भन्ने मानसिकताको बिकास गरौ !!
लक्ष्मी मरासिनी (ज्ञवाली )
बलेटक्सार , गुल्मी :