श्रीमानद्वारा जलाइएकी मनकलाको औषधि उपचारमा सहयोग हुँदै

दैलेख पुष १६,

श्रीमानद्वारा जलाइएकी दैलेखको नारायण नगरपालिका ६ नमूना बस्तीकी मनकला वादीको काठमाण्डस्थित अग्नि हिंसापींडित नेपाल, सुरक्षित मातृत्व संजाल महासंघ नेपाल र माईती नेपालले उपचारमा सहयोग गर्र्ने भएका छन् ।

जिल्ला अस्पताल दैलेखमा सामान्य उपचार गराइरहेकी मनकलाको उपचारमा आर्थिक अभाव भएको खबरहरु सार्वजनिक भइरहेका बेला ती संस्थाहरुले सहयोग गर्ने बताएका हुन् ।

सुरक्षित मातृत्व संजाल महासङ्घ नेपालका अध्यक्ष आरजु राणा देउवाले पीडित मनकलाकी छोरीलाई पढाईदिने र जिल्ला अस्पताल दैलेखले रिफर गरेको स्थानमा उपचारका लागि अरु दुई संस्थासँग सहकार्य गरेर खर्च व्यहोर्ने जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com