Interview With : मेनुका श्रेष्ठ : मन्टेश्वरी शिक्षा कस्तो शिक्षा हो ?
काठमाण्डौ पुष १५,
पछिल्लो समय नेपालमा मन्टेश्वरी स्कुलमा आफ्ना छोराछोरी भर्ना गर्ने प्रचलन बढेको छ। मन्टेश्वरीमा छोराछोरीलाई भर्ना गराएपछि आफ्ना सन्तानको शैक्षिक क्षमतामा वृद्धि हुने कुरामा अभिभावकहरूसमेत देखिन थालेका छन्।
त्यसैले बालविकासका लागि मन्टेश्वरी शिक्षा अनिवार्य रहेको बुझाइ मेनुका श्रेष्ठको छ। लिटिल स्टेप इन नामक विद्यालय सञ्चालन गरेकी श्रेष्ठ सो विद्यालयकी प्रिन्सिपलसमेत हुन्। उनी मन्टेश्वरी शिक्षाले बालबालिकाको व्यक्तित्व विकास गर्ने दाबी गर्छिन्। मन्टेश्वरी शिक्षा तथा यसको प्रभावबारे उनीसाग गरिएको कुराकानी: मेनुका श्रेष्ठ, प्रिन्सिपल, लिटिल स्टेप इन.....
० मन्टेश्वरी शिक्षा कस्तो शिक्षा हो ?
– यो विद्यालयमा भर्ना हुनुपूर्व स–साना बालबालिकाहरूलाई दिइने शिक्षा हो। यहाँ बालबालिकालाई सिर्जनात्मक र रचनात्मक बनाउन बढी प्रयोगात्मक रूपमा सिकाइन्छ। यसले व्यक्तित्व विकासमा समेत महŒवपूर्ण सहयोग पुर्याउाछ।
० त्यसो भए मन्टेश्वरी शिक्षा अनिवार्य छ ?
– बालबालिका भनेका कााचो माटो जस्तै हुन्। कााचो माटोबाट जस्तो मूर्ति बनाउन खोज्यो, त्यस्तै हुन्छ। यस्तै आफ्ना बालबालिकाहरूको बौद्धिक विकास र व्यक्तित्व विकास गर्न चाहने हो भने यो शिक्षा अनिवार्य नै छ।
० नेपालमा यो शिक्षा सञ्चालनमा आएको कति भयो ?
– आधा दशक जति भयो। विभिन्न विदेशी विद्यालयको सम्बन्धनमा नेपालमा मन्टेश्वरी शिक्षाको सुरुवात भएको हो। अहिले देशका विभिन्न सहरमा मन्टेश्वरी स्कुल खुल्न थालेका छन्।
० कतिको महागो छ यो शिक्षा ?
– सुरुमा त मन्टेश्वरी शिक्षा आमअभिभावकको पहुाचभन्दा टाढाको विषय थियो। मन्टेश्वरीमा बालबालिका भर्ना गर्ने हो भन्नेवित्तिकै अभिभावकहरू तर्सिन्थे। विदेशीद्वारा सञ्चालित मन्टेश्वरी स्कुलहरूले महागो शुल्क लिने गरेकाले पनि अभिभावकहरू अलि बिच्केका हुन्। तर अहिले त्यस्तो छैन।
० अहिले मन्टेश्वरीमा सबैको पहुाच पुग्छ भन्न खोज्नुभएको हो ?
– पहिलेको तुलनामा अहिले मन्टेश्वरी शिक्षा निकै सस्तो छ। अहिले अधिकांश निजी विद्यालयहरूले मन्टेश्वरी शिक्षा लागू गरिसकेका छन् भने छुट्टै मन्टेश्वरी शिक्षा दिने इन्स्टिच्युटहरू पनि धेरै नै खुलिसकेका छन्। त्यसैले अहिले मध्यमवर्गका नेपालीको पहुाच मन्टेश्वरीमा पुग्न सक्छ भन्ने लाग्छ।
० तपाईले मन्टेश्वरी स्कुल सुरु गरेको कति भयो ?
– भर्खरै हो। हामीले यसै वर्षको लक्ष्मीपूजादेखि यो विद्यालय सञ्चालनमा ल्याएका हौं।
० कस्तो चल्दै छ ?
– राम्रो छ। सुरुवाती चरणमै छौं। एक/दुई वर्षसम्म सञ्चालन नगरेसम्म कस्तो चल्छ भन्ने थाहै हुादैन।
० अभिभावकको कस्तो प्रतिक्रिया छ नि?
– एकदमै राम्रो। मन्टेश्वरी शिक्षाका बारेमा जानकार भएका अभिभावकहरू हामीप्रति सकारात्मक छन्।
० कतिजना हुनुहुन्छ सञ्चालक ?
– हामी तीनजना छौं।
० मन्टेश्वरी विद्यालय सञ्चालनको अवधारणा कसरी आयो ?
– म पहिला अन्तै जागिर गर्थें। पछि आफैं केही गर्ने सोचाइका साथ केही साथीहरू मिलेर हामीले मन्टेश्वरी शिक्षा सञ्चालनमा ल्याउने योजना बनायौं। सोही योजनाअनुसार अहिले स्कुल चालू छ।
० मन्टेश्वरी चलाउन कतिको गाह्रो छ ?
– सुरुवाती चरणमा भएकाले होला, अहिले अलि गाह्रो नै छ। मन्टेश्वरी विद्यालय सञ्चालनका लागि लगानी पनि धेरै चाहिन्छ। बालबालिकाका लागि आवश्यक पर्ने खेलकुददेखि मनोरञ्जनका सबै सामग्रीहरूको व्यवस्था गर्नुपर्छ। सञ्चालकहरूबीचको राम्रो समन्वयन भएकाले हामी अगाडि बढ्न सक्छांै भन्ने आत्मविश्वास पलाएको छ।
० यसका लागि प्रशिक्षण आवश्यक पर्दैन ?
– म अहिले ट्रेनिङ लिइरहेकी छु। अरु दुईजना साथीहरू पहिलेदेखि नै मन्टेश्वरीमा पढाउादै आउनुभएको छ। त्यही भएर पनि हामीलाई स्कुल सञ्चालन गर्न अहिले सहज भइरहेको छ।
० बालबालिका पढाउन सजिलो हुन्छ कि माथिल्लो तहका विद्यार्थीलाई ?
– हाम्रो चाहनाअनुसार भन्दा पनि उनीहरूको चाहनाअनुसार सिकाउनुपर्ने भएकाले माथिल्लो तहका भन्दा बालबालिकालाई पढाउन गाह्रो हुन्छ। बालबालिकालाई सिकाइसम्बन्धी अलिकति पनि थाहा हुादैन, तर हामी उनीहरूलाई आफ्नै छोराछोरी जस्तै माया गरी पढाउाछौं।
० मन्टेश्वरी शिक्षाका बारेमा अभिभावक कतिको जानकार छन्?
– अहिलेको व्यस्त समयमा धेरै अभिभावकलाई आफ्नो बालबालिकालाई समय दिन पनि फुर्सद हुादैन। मन्टेश्वरी शिक्षा भनेकै स–साना बालबालिकालाई अभिभावकले जस्तै माया गरेर पढाउने ठाउा भएकाले धेरै अभिभावक आफ्नो बालबालिकालाई मन्टेश्वरीमा भर्ना गर्न चाहन्छन्। अभिभावकले भनेअनुसार हामी बालबालिकालाई खेलकुद, शिक्षादीक्षा, सिर्जनात्मक प्रतियोगितामा सामेल गराउाछौं। अभिभावकले आफ्नो फुर्सद भएपछि मात्र छोराछोरी लिन आउने भएकाले उनीहरू मन्टेश्वरी शिक्षाप्रति सकारात्मक सोचाइ राख्छन्।
० पारिवारिक सहयोग कस्तो छ ?
– परिवारको सहयोगविना म यति ठूलो र चुनौतीपूर्ण काम कसरी गर्न सक्थंे र? कुनै पनि व्यवसाय चलाउन परिवारको सहयोग निकै आवश्यक हुन्छ। झन् महिलाले सञ्चालन गरेको व्यवसाय घरपरिवारको सहयोगविना अघि बढ्नै सक्दैन।
० श्रीमान् के गर्नुहुन्छ ?
– उहा सरकारी जागिरे हुनुहुन्छ।
मन्टेश्वरी शिक्षा लिने बढेका छन्
मेनुका श्रेष्ठ, प्रिन्सिपल, लिटिल स्टेप इन
पछिल्लो समय नेपालमा मन्टेश्वरी स्कुलमा आफ्ना छोराछोरी भर्ना गर्ने प्रचलन बढेको छ। मन्टेश्वरीमा छोराछोरीलाई भर्ना गराएपछि आफ्ना सन्तानको शैक्षिक क्षमतामा वृद्धि हुने कुरामा अभिभावकहरूसमेत देखिन थालेका छन्। त्यसैले बालविकासका लागि मन्टेश्वरी शिक्षा अनिवार्य रहेको बुझाइ मेनुका श्रेष्ठको छ। लिटिल स्टेप इन नामक विद्यालय सञ्चालन गरेकी श्रेष्ठ सो विद्यालयकी प्रिन्सिपलसमेत हुन्। उनी मन्टेश्वरी शिक्षाले बालबालिकाको व्यक्तित्व विकास गर्ने दाबी गर्छिन्। मन्टेश्वरी शिक्षा तथा यसको प्रभावबारे उनीसाग गरिएको कुराकानी:
० मन्टेश्वरी शिक्षा कस्तो शिक्षा हो?
– यो विद्यालयमा भर्ना हुनुपूर्व स–साना बालबालिकाहरूलाई दिइने शिक्षा हो। यहाँ बालबालिकालाई सिर्जनात्मक र रचनात्मक बनाउन बढी प्रयोगात्मक रूपमा सिकाइन्छ। यसले व्यक्तित्व विकासमा समेत महŒवपूर्ण सहयोग पुर्याउाछ।
० त्यसो भए मन्टेश्वरी शिक्षा अनिवार्य छ?
– बालबालिका भनेका कााचो माटो जस्तै हुन्। कााचो माटोबाट जस्तो मूर्ति बनाउन खोज्यो, त्यस्तै हुन्छ। यस्तै आफ्ना बालबालिकाहरूको बौद्धिक विकास र व्यक्तित्व विकास गर्न चाहने हो भने यो शिक्षा अनिवार्य नै छ।
० नेपालमा यो शिक्षा सञ्चालनमा आएको कति भयो?
– आधा दशक जति भयो। विभिन्न विदेशी विद्यालयको सम्बन्धनमा नेपालमा मन्टेश्वरी शिक्षाको सुरुवात भएको हो। अहिले देशका विभिन्न सहरमा मन्टेश्वरी स्कुल खुल्न थालेका छन्।
० कतिको महागो छ यो शिक्षा?
– सुरुमा त मन्टेश्वरी शिक्षा आमअभिभावकको पहुाचभन्दा टाढाको विषय थियो। मन्टेश्वरीमा बालबालिका भर्ना गर्ने हो भन्नेवित्तिकै अभिभावकहरू तर्सिन्थे। विदेशीद्वारा सञ्चालित मन्टेश्वरी स्कुलहरूले महागो शुल्क लिने गरेकाले पनि अभिभावकहरू अलि बिच्केका हुन्। तर अहिले त्यस्तो छैन।
० अहिले मन्टेश्वरीमा सबैको पहुाच पुग्छ भन्न खोज्नुभएको हो?
– पहिलेको तुलनामा अहिले मन्टेश्वरी शिक्षा निकै सस्तो छ। अहिले अधिकांश निजी विद्यालयहरूले मन्टेश्वरी शिक्षा लागू गरिसकेका छन् भने छुट्टै मन्टेश्वरी शिक्षा दिने इन्स्टिच्युटहरू पनि धेरै नै खुलिसकेका छन्। त्यसैले अहिले मध्यमवर्गका नेपालीको पहुाच मन्टेश्वरीमा पुग्न सक्छ भन्ने लाग्छ।
० तपाईले मन्टेश्वरी स्कुल सुरु गरेको कति भयो?
– भर्खरै हो। हामीले यसै वर्षको लक्ष्मीपूजादेखि यो विद्यालय सञ्चालनमा ल्याएका हौं।
० कस्तो चल्दै छ?
– राम्रो छ। सुरुवाती चरणमै छौं। एक/दुई वर्षसम्म सञ्चालन नगरेसम्म कस्तो चल्छ भन्ने थाहै हुादैन।
० अभिभावकको कस्तो प्रतिक्रिया छ नि?
– एकदमै राम्रो। मन्टेश्वरी शिक्षाका बारेमा जानकार भएका अभिभावकहरू हामीप्रति सकारात्मक छन्।
० कतिजना हुनुहुन्छ सञ्चालक?
– हामी तीनजना छौं।
० मन्टेश्वरी विद्यालय सञ्चालनको अवधारणा कसरी आयो?
– म पहिला अन्तै जागिर गर्थें। पछि आफैं केही गर्ने सोचाइका साथ केही साथीहरू मिलेर हामीले मन्टेश्वरी शिक्षा सञ्चालनमा ल्याउने योजना बनायौं। सोही योजनाअनुसार अहिले स्कुल चालू छ।
० मन्टेश्वरी चलाउन कतिको गाह्रो छ?
– सुरुवाती चरणमा भएकाले होला, अहिले अलि गाह्रो नै छ। मन्टेश्वरी विद्यालय सञ्चालनका लागि लगानी पनि धेरै चाहिन्छ। बालबालिकाका लागि आवश्यक पर्ने खेलकुददेखि मनोरञ्जनका सबै सामग्रीहरूको व्यवस्था गर्नुपर्छ। सञ्चालकहरूबीचको राम्रो समन्वयन भएकाले हामी अगाडि बढ्न सक्छांै भन्ने आत्मविश्वास पलाएको छ।
० यसका लागि प्रशिक्षण आवश्यक पर्दैन?
– म अहिले ट्रेनिङ लिइरहेकी छु। अरु दुईजना साथीहरू पहिलेदेखि नै मन्टेश्वरीमा पढाउादै आउनुभएको छ। त्यही भएर पनि हामीलाई स्कुल सञ्चालन गर्न अहिले सहज भइरहेको छ।
० बालबालिका पढाउन सजिलो हुन्छ कि माथिल्लो तहका विद्यार्थीलाई?
– हाम्रो चाहनाअनुसार भन्दा पनि उनीहरूको चाहनाअनुसार सिकाउनुपर्ने भएकाले माथिल्लो तहका भन्दा बालबालिकालाई पढाउन गाह्रो हुन्छ। बालबालिकालाई सिकाइसम्बन्धी अलिकति पनि थाहा हुादैन, तर हामी उनीहरूलाई आफ्नै छोराछोरी जस्तै माया गरी पढाउाछौं।
० मन्टेश्वरी शिक्षाका बारेमा अभिभावक कतिको जानकार छन्?
– अहिलेको व्यस्त समयमा धेरै अभिभावकलाई आफ्नो बालबालिकालाई समय दिन पनि फुर्सद हुादैन। मन्टेश्वरी शिक्षा भनेकै स–साना बालबालिकालाई अभिभावकले जस्तै माया गरेर पढाउने ठाउा भएकाले धेरै अभिभावक आफ्नो बालबालिकालाई मन्टेश्वरीमा भर्ना गर्न चाहन्छन्। अभिभावकले भनेअनुसार हामी बालबालिकालाई खेलकुद, शिक्षादीक्षा, सिर्जनात्मक प्रतियोगितामा सामेल गराउाछौं। अभिभावकले आफ्नो फुर्सद भएपछि मात्र छोराछोरी लिन आउने भएकाले उनीहरू मन्टेश्वरी शिक्षाप्रति सकारात्मक सोचाइ राख्छन्।
० पारिवारिक सहयोग कस्तो छ?
– परिवारको सहयोगविना म यति ठूलो र चुनौतीपूर्ण काम कसरी गर्न सक्थंे र? कुनै पनि व्यवसाय चलाउन परिवारको सहयोग निकै आवश्यक हुन्छ। झन् महिलाले सञ्चालन गरेको व्यवसाय घरपरिवारको सहयोगविना अघि बढ्नै सक्दैन।
० श्रीमान् के गर्नुहुन्छ?
– उहाा सरकारी जागिरे हुनुहुन्छ।
० मन्टेश्वरी मात्रै सञ्चालन गर्ने?
– होइन, क्रमशः विद्यार्थीको संख्या हेरेर तह बढाउादै लैजाने हो। यसैलाई उच्च माविसम्म बनाउने योजना छ।
(नेपालब्रिटेन)