इजरायलमा दिपावाली साँझ भब्य रुपमा सम्पन्न



शान्ति पाख्रिन/ हाइफा,इजरायल २०१२/१९/११

सिन्धुली र रोल्पाका द्न्द्ध पिडित बालबालिकाको सहयोग स्वरूप गरिएको उक्त कार्यक्रम दिपावली साँझ र थ्री लभर्सको प्रिमियम इजरायलको तेल्भिब शहरमा १६ नोभेम्बेर सुक्रबार र इजरायलको उत्तरी भाग हाएफामा १७ नोबेम्बर सनिबारका दिन सम्पन्न भएको थियो |दोस्रो दिनको शुभ दीपावलीसाँझ कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत प्रल्हाद कुमार प्रसाई तथा सभापति सुबाश खरेलले संयुक्त रूपमा दीप प्रज्ज्वालन गरी गर्नु भएका थिए । लिलानाथ चौलागाईले स्वागत भाषण गर्नु भएको थियो ।


दिपावली साँझ २०१२ बिबिध सास्कृतिक कार्यक्रममा देउसी भैलो , नृत्य , नाटकको साथै सांगीतिक गीतहरु झिलिमिली सजिएको सो कार्यक्रमको आनन्द दर्शकहरु बीच बिचमा आफु समाबेस भएर पनि उठाए सोहि अवसर पारेर आयोजकले एन आर एन दिबस पनि मनाएका थिए | सोहि अबसरमा एन सी सी का सदेश्य श्रीमती भगवती बस्नेतले गैर आवसीय नेपालि संघ ,राष्ट्रिय समन्वय परिषद ,इजरायलका बिगतका र भाबि कार्यक्रमका बारेमा जानकारी दिएकी थिइन् |

इजरायल स्थित नेपालि दूतावासका राजदुत महामहिम प्रल्हाद कुमार प्रसाई र उहाको श्रीमती सिता प्रसाइको पनि उपस्थित रहेको थियो भने थ्री लभर फिल्मका कलाकार देबु श्रेठ,बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,पत्रकारहरु लगायत केहि इजरायली पाहुनाहरु पनि उक्त कार्यक्रममा सहभागिता रहेको थिए |


हाएफाको कार्यक्रम अर्जुन जयसवालको कुशल संयोजनमा सफलताका साथ् सम्पन्न भएको थियो भने उहा द्वारा दश बर्षिय जना युद्दका मार्मिक र भावनात्मक दृश्य हरुलाई लियर बनाइएको भिडियो प्रस्तुत गरीय पस्चात जयसवालले जिबन्त एकल अभिनय गरेर दर्शकहरु बीच थप आर्थिक सहयोगकोलागि बिन्ति गरीय पछि तिनै बालबालिकाको सहयोग स्वोरुप दर्शकहरुले स्वेक्छाले थप रकम दिएर सहयोग गर्नु भएको थियो |

राष्ट्रिय समन्वय परीषद ,इजरायलका अध्यक्ष सुबास खरेलले कार्यक्रममा सहयोग गरेर सफल पार्ने सम्पूर्ण ब्यक्ति तथा संघ सस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा यस्था थप कार्यक्रम गर्ने हौसला पुगेको जानकारी दिनु भयो | प्रमोद लम्साल तथा मोनिता नेवार्नि द्वारा संचालित उक्त कार्यक्रममा नेपाल बाट थ्री लाबर्स चलचित्रको पहिलो प्रदर्शनको लागि इजरायल आउनु भएका देबु श्रेठलाइ तथा कार्यक्रम सफल पार्न बिशेष सहयोग पुर्याउनु हुने अर्जुन जयसवाललाइ प्रमुख अतिथि महामहिम प्रल्हाद कुमार प्रसाई द्वारा सम्मान गरिएको थियो |

प्रदर्शन गरिएको नेपालि कथानक चलचित्र थ्री लभर्सको निर्देशन सुरेश दर्पण पोखरेलले गरेका हुन् | सोहि चलचित्रमा अभिनय गरेका थिए प्रियंका कार्की , निरज बराल , देबु श्रेठ , पुजा शर्मा , सुमन गैरे र धिरेन्द्र राज थापाको मुख्य अभिनय रहेको थियो भने दिलिप राइमाझीको पनि अभिनय रहेको चलचित्र दर्शकहरु द्वारा निकै रुचाइएको थियो |











Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com