लमजुङ सामुदायिक अस्पतालमा भोलिदेखि २४ गतेसम्म निशुल्क पाठेघर शिविर

लमजुङ मङ्सिर ४,

लमजुङ सामुदायिक अस्पतालको आयोजनामा आजदेखि मंसिर २४ गतेसम्म निशुल्क पाठेघर शल्यक्रिया गरिने भएको छ । एक सय ५० जनाको निशुल्क पाठेघरको शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ ।

नेदरल्याण्ड्स मेडिकल टीमको सहयोगमा हुने स्वास्थ्य शिविरमा ९ जना डाक्टरसहित १४ जनाको नेदरल्याण्ड्स टोली रहने छ भने लमजुङ सामुदायिक अस्पतालका २ डाक्टरसहितको टोली सहभागी हुने अस्पतालले जनाएको छ ।

स्वास्थ्य शिविरको सम्पूर्ण तयारी सकिएको अस्पतालको निर्देशक युवराज आचार्यले बताउनुभयो । लमजुङमा अन्य जिल्लाको तुलनामा पाठेघर खस्ने समस्या भएका महिलाको स.ख्या अत्याधिक रहेको भन्दै अस्पतालले विगत ६ वर्ष अगाडिदेखि निशुल्क पाठेघर शल्यक्रिया शिविरको आयोजना गर्दे आएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com